रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको अध्यक्षमा सांसद इन्दिरा थापा चयन भएकी छन् । विहीबार बसेको साधारण सभाले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री दाहालले असोज ६ गते शनिबारदेखि चीनको भ्रमण गर्ने कार्यक्रम तालिका सार्वजनिक भएको गरेको हो ।
नेपाल शिक्षक महासङ्घ नेपालद्वारा आयोजना गरेको विरोध कार्यक्रम दोस्रो दिन बानेश्वर रहेको छ। महासङ्घ नेपालको आन्दोलन अन्तर्गत देशभरका सामुदायिक विद्यालय बन्द भएका छन्। बन्दले पठनपाठन ठप्प का साथै विद्यार्थीहरू अन्योलमा परेका छन्।
नेपालमा होण्डा कारको लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले ललितपुरस्थित धोबीघाटमा होन्डा शोरुम संचालनमा ल्याएको छ ।
नेकपा (एमाले)का उपाध्यक्ष एवम संविधानसभा अध्यक्ष दिवंगत सुवासचन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङले राजनीतिमा आउने संकेत गरेका छन् । उनले बुबाको सपना पूरा गर्ने बताए । कानुन व्यवसायीसमेत रहेका उनले यसका लागि आफू सबैसँग हातेमालो गर्न तयार रहेको पनि बताए।
नेपाली कांग्रेसको संस्थापन इतर शेखर–गगन पक्षको बैठक बसेको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दै गर्दा शेखर–गगन पक्षले १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट चुनाव लडेका सबैलाई कोइरालाको कार्यालय विशालनगरमा छलफलमा डाकेको हो ।
सरकारले संविधान दिवसमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यस पटक प्रदान नगर्ने भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठकले विभूषण वितरण कार्यलाई मर्यादित एवं व्यवस्थित गरी विभूषणको गरिमा बढाइ राष्ट्रको सम्मानका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषण सम्बन्धी प्रचलित कानूनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा साथै आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि हालका उपाध्यक्ष श्रेष्ठले दुई बर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि शुक्रबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।