रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सर्वोच्च अदालतले कोशी प्रदेशमा प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले कोशीका संसदीय दलको नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अभियन्ताहरुले समलिंगी विवाह सम्बन्धी सर्वोच्च अदालतले प्रतिपादित गरेका नजिरहरुलाई कार्यान्वयन गर्न र सोही अनुसारको कानून निर्माण गरी वैवाहिक समानतालाई कानूनी मान्यता दिन माग गरेका छन् ।
नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेपालमा संघीयताको पुनर्संरचनाको आवश्यकत्ता औंल्याएका छन् ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङ यतिबेला विवादमा तानिएका छन । पटक पटक गैरकूटनीतिक टिप्पणी दिएको भनी नेताहरुले उनको आलोचना गरिरहेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्यक्रममा उक्त विमानस्थल चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नै निर्माण गरिएको भनी झुटो वक्तव्य दिएको उनीमाथि आरोप छ ।
तीन वर्षअघि सरकारले जारी गरेको चुच्चे नक्सालाई चीन सरकारले बेवास्ता गरेको भन्दै तीब्र आलोचना भइरहेको छ । चीन सरकारले जारी गरेको चीनको नयाँ नक्सासँग छिमेकी नेपालको चुच्चे नक्सा जोडिएको छैन। उसले छिमेकी मुलुक नेपालको पुरानै नक्सा देखाएको छ। यसबाट चीनले नेपालको परिमार्जित नयाँ चुच्चे नक्सालाई बेवास्ता गरेको देखिन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामति कर्मचारी ऐनलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसदमा पठाउने बताएका छन् ।सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीय निजामति कर्मचारी ऐनलाई मंगलबारको मन्त्रिपरिषद्को बैठकले पारित गरेर संसदमा पठाउने तयारी रहेको बताएका हुन् ।
ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास तयार भएको । ति आवासको हस्तान्तरण समेत गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भैंसेपाटीमा बनेको १४ वटा ब्लकको साँचो सम्बन्धित प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण गरिसकेका छन् ।
नेपाली कांग्रेसका नेता भेषराज आचार्यले पार्टीका शिर्ष नेताहरुबीच असहमति वा विवाद जेसुकै भएपनि युवाहरुले संगठन निर्माण र विचार प्रवद्र्धनमा क्रियाशील हुनुपर्ने बताएका छन् ।""