रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
अप्रील १४, २००५ मा भएको त्यो युद्दमा थापाको एउटा प्लाटूनले झण्डै पचास माओवादीको एकैरातमा संहार गरेको थियो। सेना भीर मुनी थियो, माओवादी माथि।
खाडी राष्ट्रका श्रमिकको तुलनामा अमेरिका र यूरोप जस्ता बिकसित मुलुकका नेपाली “डायस्पोरा” ले नेपालमा पठाउने रेमिट्यान्स केवल ११ प्रतिशत रहेको छ । यहाँका नेपाली नेपालको तुलनामा विलासी जीवन मात्रै बाँच्दैनन्, उनीहरु नेपालको आन्तरिक राजनीतिमा ठाडो हस्तक्षेपगर्ने क्षमता समेत राख्दछन् ।
“देशलाई अब ठूला भाषण होइन, सत्य, निष्ठा र प्रतिबद्धतामा अडिन सक्ने नेताको खाँचो छ,” डा. सुनिल शर्मा
राष्ट्रिय दलको मान्यता पाएका दलहरुको अहिलेको अवस्था के छ ?
“प्रधानमन्त्री ओलीले राजिनामा दिए । प्रधानमन्त्रीको पद खाली भयो, प्रतिनिधि सभाले अर्को प्रधानमन्त्री बनाउनुपर्ने थियो । त्यो नभएर सेनाका सेनापतिको सिफारिशमा राष्ट्रपतिले सुप्रीम कोर्टको एउटा रिटायर्ड प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाए ।”
‘जेन्जीका मांगहरुको समाधान निर्वाचित प्रतिनिधि सभाभित्रै नखोजेर प्रतिनिधि सभा नै किन बिघटन गरियो ?’ अध्यक्ष ठाकुरको प्रश्न थियो ।
नेपालमा भर्खरै भएको जेन जी आन्दोलनले नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा ‘बलशाली’ प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारको पतन भयो । यो ओलीको मात्रै पतन थियो कि नेपाली राजनीतिमा कम्युनिस्टहरूको अधोगतिको यात्राको प्रारम्भ थियो ?
विध्वंसको बादलभित्र लुकेको परिदृश्य अब क्रमशः स्पष्ट हुँदैछ । तर नेपाली सेना प्रमूख अशोक सिग्देलले शुरुमा मुलुकका सार्वभौम संस्थापनहरु भष्म नभएसम्म कुरेर शुरु गरेको “राजनीतिक वार्ता” को अभिष्ट अझै अस्पष्ट नै छ ।