रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद बिस्तार गरेका हुन् । जसमा २ जना मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मूर्तरुप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका सञ्चालनमा आउने विश्वास बढेको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५)को लागि कतार निवासी प्रविन गुरुङले बाह्र (१२) बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले सन् २०२३–२५ को लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । बीपी स्मृति भवन लतितपुरको सानेपामा तीन दिनदेखि बैठक जारी रहेको छ ।आइतबार ३१ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् । तीन दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखिरहेका छन् । आइतबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले वर्तमान राजनीतिक, आर्थिक र सामाजिक परिवेशलाई ध्यान दिएर सरकारको नेतृत्व आफ्नै पार्टीले गर्नुपर्नेमा जोड दिएका छन् ।
असन्तुष्ट राहत शिक्षकले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघ र सरकारबीच गत शुक्रबार भएको सहमतिमा असन्तुष्टी जनाउँदै राहत शिक्षकले प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा भेला भएका राहत शिक्षकहरुले माइतीघरदेखि बानेश्वरसम्म जुलुस प्रदर्शन गरेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिमा आबद्ध शिक्षकहरूले प्रदर्शन गरेका हुन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवम आसन्न ११औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेष्ठले विश्वका विभिन्न देशमा नेपाली श्रमिकहरुका पक्षमा काम गर्नका लागि सरकार र एनआरएनएबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि चीन पुगेका छन् । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे ।