रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
एक्काइसौँ शताब्दीको भौतिक दौडमा मानिसले दिनप्रतिदिन आफ्नै कर्तव्य बिर्सदै गएका छन । सन्तानले मातापिताप्रति निर्वाह गर्नुपर्ने कर्तव्य, शिष्यले गुरुप्रति देखाउनुपर्ने श्रद्धा र नागरिकले राज्यप्रति बोक्नुपर्ने जिम्मेवारी, यी सबै शब्दहरू मानिसको चेतनाबाट क्रमशः हराउँदै गएका छन् ।
नेपालमा सेप्टेम्बर ८ र ९ मा जे घटित भयो, त्यो पनि अमेरिकी सेप्टेम्बर ११ भन्दा कम थिएन । “यूं होता तो क्या होता” हेरेकाहरुले लख काटिसकेको हुनुपर्छ, यो लेखको आरम्भ त्यही सिनेमाबाट किन हुँदैछ ?
प्रधानमन्त्रीका रुपमा बालेन साहको अहिलेसम्मको कार्यशैलीहेर्दा काठमाडौका मेयरका रुपमा तत्काल निर्णयगर्ने अभ्यासमा हुर्केका उनले आफनो शैली छाडेका छैनन ।
निर्दलीय निरंकुश पन्चायत ब्यबस्थाकालमा नेपाली कांग्रेस प्रतिबन्धित रहेको अवस्थामा ज्यान हत्केलामा राखेर लिएको पार्टीको सदस्यता कुनै नेताको महत्वाकांक्षा, आवेग, उत्तेजना र लहडका भरमा खारेजहुने विषय होइन । यो सदस्यता कुनै नेताको हारजीतसंग होइन, नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र शहीद परिवारको सम्मानसंग जोडिएको ऐतिहासिक ‘निस्सा’ हो ।
काग्रेस फुटाउने रणनीति लिएको शक्तिको इशारामा निर्वाचन आयोगले सभापतिमा थापाको चयनलाई ‘वैधानिक’ बतायो । यो आश्चयको कुरा थिएन ।
नेपालीले नै घोत्लनु पर्ने अहंम प्रश्न भने यो हुनेछ, कि आखिर मधेशीमूलका बालेन्द्र साह प्रधानमन्त्री बने त किन बने ?
काठमाडौका मेयरका रुपमा ‘वान म्यान डिसिजन’को शैलिमा अभ्यस्त भएका प्रधानमन्त्री वालेनले आफू प्रधानमन्त्री बन्नु पहिले रास्वपा सभापति रवि लामिछानेसंग ‘तपाइ पार्टी चलाउनुस, म सरकार चलाउछु’ भनेको चर्चा देशब्यापि भएको थियो ।
नेपालका शहरबजारमा २०८२ भाद्र २३ र २४ गते पोखिएकोे हिंसात्मक असन्तुष्टिको परिणाम फागुन २१ गतेको निर्वाचनमा देखिएको छ । आन्दोलनको राप र चाप नसेलाउँदै भएको निर्वाचनले देशमा ताजा जनादेश लिएर आएको छ ।