रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्वभरका नेपालीहरुको साझा संस्थाका रुपमा परिचित छ । सन् २००३ मा संस्थाको स्थापना हुँदाताकाको उद्देश्य विश्वभर छरिएका नेपालीहरुको एउटै मात्र भरपर्दो र साझा संस्थाको रुपमा विकास गर्ने भन्ने थियो । तर ११औं विश्व सम्मेलनमा आइपुग्दा संस्था जटिल मोडमा पुगेको छ । स्थापनाको लक्ष्य र उद्देश्य दुई दशकपछि ब्रेक लाग्ने अवस्थामा पुगेको छ ।
बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा दुई सय ९० जनाविरुद्ध मुद्दा दायर भएको छ । जसमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री, बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, ६ पूर्वसचिवसमेत रहेका छन् ।"
कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतले दीर्घकालीन महत्त्वका निर्णय नगर्न विपक्षीका नाममा आदेश दिएको छ ।
गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्ष र नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालबीच भदौ ५ गते मंगलबार भेट भएको छ । भेटमा संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले आगामी अक्टोबरमा आयोजना हुने गैरआवासीय नेपाली विश्व समेलन, ज्ञान तथा महिला र युवा सम्मेलनको बारेमा जानकारी गराए ।
राजर्षि गुरुकुल स्कुलको आयोजनामा बुधबारदेखि सुरु भएको आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीले पहिलो दिन दोहोरो जित हात पारेको छ ।
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएसँगै मंगलबारै पदवहाली गरेका छन् । सर्वोच्च अदालतमा पुगेर पदवहाली गर्ने क्रममा उनले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल शुरु गर्ने बताए ।
सामाजिक संजाल र मुलधारका संचारमाध्यमहरुमा आएका सूचनाहरुले पाठकहरुलाई भ्रम सिर्जना गरेको एक समारोहका वक्ताहरुले धारणा राखेका छन् ।
गैर आवसीय नेपाली संघ(एनआरएनए)को ११औं विश्व सम्मेलनको तयारीसँगै नेतृत्वका आकाक्षीहरु बढेका छन् । अध्यक्ष पदमा आधा दर्जनले आकाक्षा राखेका छन् । हाल एनआरएनको उपमहासचिव रहेका विनय अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।