रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सरकारले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै २, ४ र ५ मंसिरमा बिदा दिने निर्णय गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको गाडीमा ढुंगा हानेकोमा कडा आपत्ति जनाएका छन् । सोमबार चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले एउटा पार्टीको उम्मेदवारको गाडीमा ढुंगा हान्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसले संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास, रोजगारी र स्थायित्वका लागि सत्ता गठबन्धनले पूर्ण बहुमत प्राप्त गर्ने जनाएको छ ।"
सिरहा–२ मा दुई गठबन्धनबाट पूर्वमन्त्रीबीच रोचक चुनावी प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनबाट कांग्रेस नेतृ चित्रलेखा यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । राजकिशोर आफ्नो चुनावी क्षेत्र सिरहा–४ भए पनि यस पटक भागबन्डाका कारण २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ । आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएको हो ।
निर्वाचन नजिकीदैजाँदा हेभीवेट प्रतिष्पर्धाका रुपमा हेरिएको विराटनगर –६ मा चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइराला र एमालेका नेता लालबाबु पण्डीतबीच प्रतिस्पर्धा हुनेभएपछि यस क्षेत्रमा चुनावी सरगर्मी अझ बढेको हो । प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ मा डा.कोइराला र पण्डित मुख्य प्रतिस्पर्धी हुन । कोइराला बदला लिने अभियानमा छन् भने पण्डित विजयीलाई निरन्तरता दिने कसरतमा लागेका छन् ।""
मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रीत गर्दै भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमानाका बन्द गरिने निर्णय भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न मङ्सिर ४ गते संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन् ।