रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
पाँचखाल नगरपालिकामा रहेको रिसोर्टको १०० रोपनी जग्गालाई केही समयदेखि बिबादमा तान्ने प्रयत्न गरिएकोछ । जग्गा दलालहरु, मालपोतका कर्मचारी र राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुको मिलीमतोमा हदबन्दीमा रहेको उक्त जग्गाको नामसारीगर्ने प्रयत्न भै रहेको कुरा हाम्रो जानकारीमा आएको छ ।
सरकारले आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्य अनुसार नै आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने बताएका हुन् ।"
केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ ।
सर्वोच्च अदालतले दुई महत्वपूर्ण मुद्दामाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय झिकाउन आदेश दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय २३ कैदीहरूको बाँकी सजाय माफी मिनाह गरेकी छिन् । मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस बमोजिम संविधान दिवसको अवसरमा विभिन्न कारागारमा कैद सजाय भुक्तानी गरिरहेकाहरूको बाँकी कैद सजाय माफी मिनाह गरिएको हो ।
शेर बहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना वितिसक्दा पनि काम प्रभावकारी नभएको भनी आलोचना शुरु भएपछि प्रधानमन्त्रीको निजी सचिवालयले प्रगतिका १५ बुँदे सूची सार्वजनिक गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरू ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन् ।
असोज १० गतेबाट दशैं मनाउन उपत्यका बाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।