रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रतिस्थापन विधेयक मार्फत सरकारले पूर्ववर्ती केपी ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको आकार १५ अर्बभन्दा बढीले घटाउँदै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बनाएको छ ।
नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे पहिले सत्तारुढ दलले स्थिति प्रष्ट गर्नुपर्ने बताएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धि अध्यादेश पेस गरेका हुन् ।
नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा कतिपय जिल्लामा वडा अधिवेशन गर्न नै सकस भएको छ । विशेषगरी कांग्रेस सभापति शेर बहादुर देउवाको गृह जिल्लामा सदस्यता विवादले उग्र रुप लिएको छ । नेता डा.शेखर कोइरालाले डडेल्धुरा जिल्लामा देखिएको सदस्यता विवाद निम्त्याएर महाधिवेशन नगर्ने वहाना हो कि भनेर आशंका समेत ब्यक्त गरिसकेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाललाई प्युसोको संज्ञा दिएका छन् । मंगलबार पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले माधव नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलिरहेको आरोप लगाए ।
गृह मन्त्रालयको विज्ञप्तिलाई लिएर समाज तातेको छ । राजनीतिक दलका नेताले भाषणका लागि नयाँ मसला पाएका छन् । छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामाथि आँच आउने गतिविधि नगर्न भनी गृहमन्त्रालयले विज्ञप्ति जारी गरी आपत्ति जनाएपछि त्यसको आलोचना भइरहेको हो ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमै मत विभाजन देखिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिब्यक्तिले गठबन्धनमै टकराब हुने देखिएको छ ।