रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्रका वैचारिक र सक्षम युवाहरुलाई योगदानका आधारमा उचित अवसर दिनुपर्नेमा जोड दिएका छन् । कांग्रेसका युवा नेता लाओस राईको अगुवाइमा शुक्रबार ललितपुरमा भएको भेलामा सहभागि नेताहरुले कांग्रेसभित्र नेतृत्व वा पुस्ता हस्तान्तरण गर्ने परिपाटीको विकास नहुँदा वैचारिक रुपमा सक्षम, सुदृढ र क्रियाशील युवाहरुले योगदानका आधारमा अवसर नपाएको गुनासो गरे ।"
क्रियाशील सदस्यताका विषयमा केही शीर्ष नेताहरूको असहमतिका वाबजुत नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा तहको महाधिवेशनको प्रक्रिया अघि बढाएको छ भने ४८ जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक गरेको छ।"
प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेका छन् । एमालेबाट अलग भएका माधव कुमार नेपालले नयाँ पार्टी दर्ता गरेसँगै देउवाले तयारी थालेका हुन् । एमालेबाट औपचारिक रूपमा विभाजित भएपछि नेपाल समूहलाई सरकारमा जान बाटो खुलेको हो ।
महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा चुडाउँदा नदीमा बगेका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
नेपालको संविधानले राज्यका हरेक नीति निर्माण तहमा महिलाको ३३ प्रतिशतको सुनिश्चितता गरेको छ । सङ्घीय संसदमा महिलाको ३३ प्रतिशत, प्रदेश सरकारमा ३४.५ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत पुगेका छन् । आज महिलाहरुको सहभागिता यो अवस्थामा आउनुमा मङ्गलादेवी सिंहले उठाएको आवाज र उनको योगदालाई स्मरण गर्ने गरिन्छ ।
माधव कुमार नेपाल नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) निर्वाचन आयोगबाट बैधता पाएको छ । नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको समाजवादीलाई आयोगले बुधबार अपरान्ह दर्ता प्रमाणपत्र दिएको छ ।"
काठमाडौको चावहिलमा रहेको ‘के एल टावर’मा भ्याली एक्सप्रेसको छैठौं शाखा खुलेको छ। स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पालना गर्दै सञ्चालनमा आएको सो शाखाबाट ‘टेक अवे’ र ‘होम डेलीभरी’ को सेवा शुरु भएको हो।
माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दल दर्ताको सनाखत सकिएको छ ।"