रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
बालुवाटारस्थित ललिता निवासको ११२ रोपनी सरकारी जग्गा भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । विशेष अदालतले गरेको फैसलाविरुद्ध आयोग सर्वोच्च अदालत जाने भएको हो । विशेषले २०८० फागुन ३ गते फैसला सुनाउँदा लिएका कतिपय आधारहरू त्रुटिपूर्ण रहेको ठहर गर्दै आयोग सर्वोच्च जान लागेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको सामाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन्।"
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा हुँदासम्म बेवास्ता गरेको समाजवादी मोर्चा व्युँताउने तयारी भएको छ ।नेपाली कांग्रेससँगको गठबन्धनका बेला प्रचण्ड सरकारलाई टिकाउन प्रयोग भएको समाजवादी मोर्चा सत्ता बाहिर आएपछि ब्युँताउने तयारी भएको हो ।
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । शपथ ग्रहणको पहिलो चरणमै सबै मन्त्रीहरुको शपथ भएको हो । संविधानअनुसार बढीमा २५ जना सम्मको मन्त्रिपरिषद् हुनेछ । तर पहिलो चरणमै मन्त्रालय पूर्ण गरेर २२ सदस्यीय मन्त्रिपरिषद् बनाइएको छ ।
सरकारले बाढीपहिरो लगायत प्रकोपमा परेर मृत्यु भएका मृतकका परिवारलाई राहत उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विपद्का कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसकिएका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका हुन् ।"
नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्ने भएको छ । शनिबार पार्टी मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि योगदान र योग्यतामा आधारित मापदण्ड तय गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि यो आह्वान भएको हो ।