रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बिभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि शुक्रबार विश्वासको मत लिनु अघिल्लो दिन मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा.मुकुल ढकालले रवि लामिछानेको कब्जाबाट पार्टीलाई छुटाएरै छोड्ने बताएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट नभई रवि लामिछाने क्लबबाट मात्रै निस्कषन गरिएको जिकिर गर्दै आफू अहिले पनि पार्टीको महामन्त्री नै रहेको बताए ।
विद्रोहपछिको पहिलो महाधिवेशनबाट माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनले पुरानै नीति र नेतृत्वलाई निरन्तरता दिएको छ । जनताको बहुदलीय जनवाद नीतिको निरन्तरता दिँदै बिहीबार साँझ अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधव नेपाल निर्विरोध अध्यक्ष चयन भएको घोषणा गरे ।
निरन्तरको वर्षातका कारण देशभरको जनजीवन अस्तव्यस्त भएको छ । काठमाडौँ उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ ।
शिक्षामा अतिरिक्त क्रियाकलापले उद्यमशील बन्न र रोजगारी गर्नका लागि सहज हुने एक कार्यक्रमका वक्ताले धारणा राखेका छन् । आजको युगमा सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षाको माग बढ्दै गएको उनीहरुको भनाइ थियो ।
नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्सीय केन्द्रीय कमिटी घोषणा गरेको छ । गत आइतरबादेखि चलेको महाधिवेशनको छैटौँ दिन शुक्रबार महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितका ९३ जना नेताहरुको केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।""
मंगलबार नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस मुख्यालय सानेपामा भव्य स्वागत गरेको छ । कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔँ जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन पूर्व प्रधानमन्त्री ओली सानेपा पुगेका हुन् ।
रोङ गाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम ‘रोङ गट ट्यालेन्ट’मा १५ जना फाइनलमा प्रवेश गरेका छन् । गायन, नृत्य र कविता विधामा पाँच पाँच गरी १५ जनाले फाइनलको यात्रा तय गरेका हुन् । तीनवटै विधामा ३२१ प्रतियोगीलाई पछि पर्दै उनीहरू फाइनलमा प्रवेश गरेका हुन् ।