रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रीमण्डल विस्तार बदरका लागि सर्वोच्च अदालतमा परेका रिटमाथि सर्वोच्च बहस जारी छ ।
सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीले आज बुधवार निषेधाज्ञा सम्बन्धि आदेश जारी गर्दै विहीवारदेखि जिल्लामा लकडाउनलाई केही खुकुलो पारिएको जानकारी दिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन आगामी भदौमा नै हुने बताएका छन् । तर कांग्रेसले तयार गरेको निर्वाचन तालिका अनुसार त्यो कति संभव छ भन्ने विषय पेचिलो बनेको छ ।
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्बोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । साथै यी मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि गरेको छ। बुधवारको इजलासले रिट निवेदकको माग अनुसार किन आदेश जारी नगर्ने भन्दै विपक्षीको नाममा कारण देखाउ आदेश दिएको हो।
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा राष्ट्रपतिले चालेको कदमप्रति आपत्ति प्रकट गरेका छन् । उनले धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि बहुमत सांसदको हस्ताक्षर बुझाएपछि राष्ट्रपतिले अस्वीकार गर्न नमिल्ने जिकिर गरेका हुन् ।
एमालेका उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको पार्टीको एकताको प्रस्ताव इमान्दार नभएको बताएका छन्।सोमबार अपराह्न बसेको पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठकले ओलीको प्रस्तावमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषा शैलीको प्रयोग भएकोले इमानदार प्रयत्न मान्न नसकिने निष्कर्ष निकालेको गौतमले बताएका हुन्।
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिले बहु प्रतिक्षित होण्डाको सीबी३५० डिएलएक्स सार्वजनिक गरेको छ ।
नेकपा (एमाले)भित्र आन्तरिक कलह चुलिरहेका बेला सुदूरपश्चिम प्रदेशमा नौलो घट्ना भएको छ । एमाले स्थायी कमिटीले समर्थन फिर्ता लिने निर्णय गरेको सुदूरपश्चिम सरकारलाई माधव नेपाल पक्षीय प्रदेश सभा सदस्यहरुले जोगाएका छन् । एमाले स्थायी कमिटीको सरकारबाट समर्थन फिर्ता लिने निर्णयको बिपरित मंगलबार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री त्रिलोचन भट्टका पक्षमा मतदान गरेर माधव पक्षले सरकार जोगाएको हो ।