रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले निष्पक्ष, तटस्थ भूमिका निर्वाह गर्न नसकेको र पूर्वाग्रही रहेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले ३३ जिल्लाका थप ६५ स्थानको नामावली सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) का दुबै अध्यक्षले एक अर्कालाइ गरेको कारवाही खारेजी गरेको छ ।
करेन्ट लागेर घाईते भएका एक बालकको आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्वर ११ का ८ बर्षीय निर्मा पुरीको उपचारमा समस्या भएको हो ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.कृष्ण गिरीमाथि विवादास्पद मेडिकल कलेज बीएन्डसीलाई सम्बन्ध दिलाउनका लागि दिएको दबाबका कारण सुरक्षा खतरा बढेको भन्दै केही संस्थाले आपत्ति जनाएका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको छ । निषेधाज्ञाको अवधि एक हप्ता थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उपत्यकामा जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदै थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पछिल्लो मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतवार जेठ २७ गते गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध पुरक निवेदन दिएका हुन्।
भदौमा गर्ने कार्यतालिका रहेको कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका पुनः हेरफेर हुने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले भदौको १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी महाधिवेशनको कार्यतालिका फेरबदल गर्ने प्रस्ताव गरेको छ ।