रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
विश्वको सबैभन्दा रोमान्चक लिग इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४औं संस्करण सुरु हुन अब केही दिन मात्र बाँकी छ । खेलका लागि हरेक टोलीले आफ्नो तयारीलाई तीव्र बनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी वर्गको प्रतिनिधिको रूपमा राजनीतिक परिवर्तनलाई उल्ट्याउने कसरत गरेको बताएका छन् ।
संविधानले तोकेको योग्यता नपुगेको भन्दै मुख्यन्यायाधीश नहकुल सुवेदीविरुद्ध उजुरी परेको छ । सर्वोच्च अदालतको न्यायाधीश पदका लागि सुवेदी अयोग्य रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय सुनुवाइ समितिमा उजुरी दिएका हुन् ।"
थारु कल्याणकारी सभा, थारुहट, थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्नका लागि नेपाल सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ ।
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । पार्टी हित विपरीत गतिविधि गरेको भन्दै दुबै नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरूबीच सहमति होस् र समर्थन फिर्ता सँगसँगै होस् भन्ने आफूले चाहेको बताएका छन् ।
मष्तिस्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।