रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसमा नयाँ सत्ता समीकरणको विषयलाई लिएर विवाद भएको छ । त्यस्तै केपी शर्मा ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग उठेको छ ।
प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा.कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् । भुसाल र पाण्डेसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री ओलीले ६ महिनाका लागि निलम्बन गरेका हुन् ।"
आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको छ ।"
विश्वको सबैभन्दा रोमान्चक लिग इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४औं संस्करण सुरु हुन अब केही दिन मात्र बाँकी छ । खेलका लागि हरेक टोलीले आफ्नो तयारीलाई तीव्र बनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी वर्गको प्रतिनिधिको रूपमा राजनीतिक परिवर्तनलाई उल्ट्याउने कसरत गरेको बताएका छन् ।
संविधानले तोकेको योग्यता नपुगेको भन्दै मुख्यन्यायाधीश नहकुल सुवेदीविरुद्ध उजुरी परेको छ । सर्वोच्च अदालतको न्यायाधीश पदका लागि सुवेदी अयोग्य रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय सुनुवाइ समितिमा उजुरी दिएका हुन् ।"
थारु कल्याणकारी सभा, थारुहट, थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्नका लागि नेपाल सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।