रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
काठमाडौंका दुईवटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ । क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बढाइसमेत दिइसकेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गरेका हुन् । उनले १० हजार ४९० मत पाएका हुन् ।
यसपटकको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ । आइतबार भएको मतदानको मतगणना चलिरहंदा ठूला र पुराना राजनीतिक दलहरु निकै ठूलो चुनौती खेपिरहेका छन् । किनकी प्रारम्भिक मतगणनाको रुझान हेर्दा अनपेक्षित परिणाम आउने संकेत देखिएको छ ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मुस्ताङमा क्लिन स्विप गरेको छ । कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका दुवै सिट जितेको हो ।
आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ।
देशभर प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपले भइरहँदा केही स्थानमा भने अप्रिय घटना भएका छन् । सिरहामा दुई पार्टीका कार्यकर्ताबीच मतदान स्थलमा मत पेटिका खोसाखोसको अवस्था सिर्जना भएपछि प्रहरीले ३ राउन्ड गोली चलाएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दबी गरेका छन् । भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान, सुशासन र समृद्धिमाथि खतरा रहेसम्म गठबन्धन कायमै रहने जानकारी दिए ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान शुरु भएको छ । आज आइतबार बिहान ७ देखि शुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।
फुटबलको महाकुम्भ फिफा विश्वकप आज आइतबारबाट सुरु हुँदैछ। मध्य एसियाली राष्ट्र कतारले पहिलो पटक विश्वकप आयोजना गरेको हो।