रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सरकारले बिभिन्न १५ वटा विधामा सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आयोजना गरेको समारोहमा उक्त सम्मान प्रदान गरिएको हो ।
तराई मधेसमा यसपटकको निर्वाचनले फेरि अनौठो सन्देश दिएको छ । जनताले रोचक परिणाम दिएका छन् । विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत (चन्द्रकान्त राउत)सदन प्रवेश गरेका छन् । उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मधेसको राजनीतिले निकै रोमान्चक सन्देश दिएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट फराकिलो मतान्तरले विजयी बनेका छन् । २८ हजार ५७६ मतान्तरले अध्यक्ष ओली विजयी भएका हुन् ।
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । उनले ९ हजार ६२१ मतले नेकपा (एमाले)का छोवाङ तेन्जिङ तामाङलाई पराजित गरेका हुन् ।
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार मङ्गलबार मध्याह्न १२ः१५ बजेसम्म कूल १६५ निर्वाचन क्षेत्रमध्ये १३५ स्थानको मतगणना जारी छ ।
काठमाडौंका दुईवटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ । क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बढाइसमेत दिइसकेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गरेका हुन् । उनले १० हजार ४९० मत पाएका हुन् ।
यसपटकको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ । आइतबार भएको मतदानको मतगणना चलिरहंदा ठूला र पुराना राजनीतिक दलहरु निकै ठूलो चुनौती खेपिरहेका छन् । किनकी प्रारम्भिक मतगणनाको रुझान हेर्दा अनपेक्षित परिणाम आउने संकेत देखिएको छ ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मुस्ताङमा क्लिन स्विप गरेको छ । कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका दुवै सिट जितेको हो ।