रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालले एक दिवसीय मान्यतालाई सुरक्षित राखेको छ । राजधानीमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा दुई खेलअघि नै नेपालले एक दिवसीय मान्यता सुरक्षित गरेको हो ।
चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत पुस मसान्तसम्म नेपालले ११ खर्ब दुई अर्ब ५१ करोड रुपैयाँ बाह्य ऋण र नौ खर्ब ६८ अर्ब एक करोड रूपैयाँ आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो ।
१० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको हो ।
जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएका रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता भएको छ ।
गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँमा खुशीयाली छ । पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन् । गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उनलाई चिन्नेहरु धेरै छन् ।
राष्ट्रपति पदका प्रतिस्पर्धी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन् । राष्ट्रपतिको विहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि उनले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरे ।
मुलुकको तेस्रो राष्ट्रपति बनेपछि रामचन्द्र पौडेललाई बधाईको ओहिरो लागेको छ । कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उनको सरल जीवनशैलीका बारेमा प्रसंसा पनि भइरहेको छ ।
विहीबार हुने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ । राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो ।