वन कार्यालयका हाकिमद्वारा घुस बार्गेनिङ:असुल्छन् राजश्व बराबरको ‘खाजश्व’
- रुपान्तरण
कार्यालयले उठाएको घुसको रकम माथि पनि दिनुपर्छ भन्दै रुकुम पूर्वस्थित डिभिजन वन कार्यालयका प्रमुखले घुस असुलेको पाइएको छ । कार्यालयका डिभिजनल वन अधिकृत जीवन पंगेनीले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनको लागि अनुमति पुर्जी दिनलाई निवासमै बोलाएर सेवाग्राहीसँगबाट ‘खाजश्व भन्दै घुस’ लिएको बताइएको छ ।