छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा.रामशरण महत
- रुपान्तरण
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले यथाशक्य चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् । उनले भने,‘सरकारलाई पूर्णता दिनको लागि ढिलाई भयो, सरकार गठन भएको यत्तिका दिन बितिसक्दापनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, यो गलत कुरा हो । सत्तापक्षीय गठबन्धनमा आवद्ध दलहरुसँगको सहमतिमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ । अब ढिलाई गर्नुहुँदैन् ।’