मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमै मत विभाजन देखिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिब्यक्तिले गठबन्धनमै टकराब हुने देखिएको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन् । उनले एमसीसी सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु नभएको पनि आलोचना गरेका छन् । उनले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुनेछ भन्नेपनि टिप्पणी गरेका छन् ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले सहकारी र सञ्चारको सहकार्यमा रचनात्मक काम गर्न सकिने बताए ।
एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सरकारले माग पूरा नगरे सशक्त संघर्ष सुरु गर्ने चेतावनी दिएको छ । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज गरी एमसीसीको नेपाल संरचना ‘एमसीए नेपाल’ तत्काल विघटन गर्नुपर्ने अभियानको माग छ ।
काठमाडौको चावहिलमा रहेको ‘के एल टावर’मा भ्याली एक्सप्रेसको छैठौं शाखा खुलेको छ। स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पालना गर्दै सञ्चालनमा आएको सो शाखाबाट ‘टेक अवे’ र ‘होम डेलीभरी’ को सेवा शुरु भएको हो।
सन् १९०५ देखि उत्पादन सुरु गरिएको अमेरिकी मौलिक सफ्ट पेय पदार्थ ‘आरसी कोला’को ५० करोड लागतमा नेपालमै उत्पादन सुरु गरिएको छ । नेपालमा भेन्चुरा बोटलर्स प्रालिले उत्पादन सुरु गरेको आरसी कोला विभिन्न फरक स्वादमा उपलब्ध छन् ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरु विषय विज्ञ मात्र भएर नपुग्ने भन्दै उनीहरुले सामाजिक असमानताको बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्ने बताएका छन् ।