नयाँ मन्त्रीले लिए पद तथा गोपनियताको सपथ
- रुपान्तरण
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागवण्डा टुंगो लागेपछि मंगलबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिहरु नियुक्त गरेका हुन् । मन्त्रीहरुलाई राष्ट्रपति भण्डारी र राज्य मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालले पद गोपनियताको सपथ गराएका हुन् ।