२१ तोपको सलामीसहित विद्याको विदाइ, रामचन्द्रले लिए शपथ
- रुपान्तरण
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनले एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई दोब्बर बढी मतभारले पराजित गरेका थिए ।""