मन्त्रीलाई नेता नेपालको निर्देशन: 'रक्सी खाने बानी छ भने त्याग्नुहोस'
- रुपान्तरण
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारमा नडुब्न भनेका छन् । पार्टीबाट नियुक्त मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर उनले यसरी आग्रह गरेका हुन् ।