नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।
जेलमा कैद भुक्तानरत निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल (प्रचण्ड)निर्विरोध निर्वाचित भएका छन् । माओवादी केन्द्रको आठौं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट दाहाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले थप तीन जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । यसअघि उनले १० नेतालाई मनोनित गरिसकेका छन् । मनोनित गर्न पाउने ३३ मध्ये १३ जना मनोनित भइसकेका छन् । अब २० जना बाँकी छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नामावली घोषणा गरेका छन् ।
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिबार दिउँसो केन्द्रीय निर्वाचन समितिले मतदाता सूची सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया शुरु भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । देउवाले पार्टीका नेता रामचन्द्र पौडेल, विजय गच्छदारसहित १० जनालाई मनोनित गरेका हुन् ।
काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ ।