रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली चिया निर्यातमा पुनः समस्या देखिएको छ । निर्यातमा समस्या देखिएपछि व्यवसायीहरु प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्न काठमाडौं आइपुगेका छ्न । गत १५ जुन २०२२ मा भारतको संसदीय वाणिज्य स्थायी समितिले नेपालबाट आउने चियाको प्रमाणीकरणका लागि भारत सरकारले शुल्कबाहेक कडा मापदण्ड लागू गर्न सिफारिस गरेपछि पुनः चिया निर्यातमा समस्या देखिएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरव इमिरेट्स (यूएई)मा हुने इन्टरनेशनल लिग (आईएल) टी–२० क्रिकेट खेल्ने पक्का भएको छ ।
सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आसन्न निर्वाचनको आन्तरिक तयारी थालेको छ । सोमबार शीर्ष नेताहरुबीच भएको चार घन्टा लामो बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने चुनावी अभियान थाल्ने निर्णय गरेको छ ।
गत वैशाखदेखि रिक्त गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सिइओ)मा रवि किरण अधिकारी नियुक्त भएका छन् । उनले आफ्नो पदभार पनि सम्हालिसकेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने भ्रमणका लागि जापान पुगेका छन् ।""
सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च शतर्कता अपनाएको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने बताएका छन् ।
स्थानीय तह निर्वाचनको चहलपहल न्यून नहुँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रौनक शुरु भएको छ । सरकारले निर्वाचन एकै चरणमा मंसिर ४ गते गर्ने घोषणा गरेसँगै चुनावी चहलपहल शुरु भएको छ ।