रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले महाअभियोग सिफारिस समितिमा ११ प्रश्नको जवाफ दिएका छन् । समितिले भदौ १६ गतेबाट राणामाथिको बयान सुरु गर्दा हालसम्म तीन बैठकमा ११ प्रश्नको जवाफ आएको हो ।
मंसिर ४ पछि पनि संसदको आयु कायम राख्ने अनैतिक काममा सहभागी हुन आफ्नो आत्माले नमान्ने भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ। तर राष्ट्रपतिले विधेयक पारित भएकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।
ओपनर आसिफ शेखको शतकमा नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्यामाथि ७ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन एकदिवसिय अभ्यास खेलमा नेपालले १–० को अग्रता लिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता एवम समाजवादी चिन्तक प्रदिप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गरेका छन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिन पनि महाभियोग सिफारिस समितिमा जवाफ दिएका छन् । दोस्रो दिन उनलाई दुईवटा मात्र प्रश्न सोधियो ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभ र प्रदेश सभा निर्वाचनका लागि नेपाल प्रहरीले आफ्नो तयारीलाई तिब्रता दिएको छ । सरकारले नेपाल प्रहरीलाई सात अर्ब ९९ करोड ४९ लाख रुपैयाँ बजेट पनि विनियोजन गरेको छ । बजेट विनियोजन गरेसँगै प्रहरीले चुनावी तयारी थालेको हो । त्यस्तै अर्थ मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएर आएसँगै केन्द्रीय सुरक्षा योजना निर्माणमा गृह मन्त्रालय जुटिसकेको छ ।
अमेरिकाका शीर्ष उद्योगपति तथा टेस्लाका सीईओ एलन मस्क विश्वकै धनीको सूचीमा परेका छन् । विश्वका सबैभन्दा धनी एलन मस्कको कुल सम्पत्ति २५१ अर्ब डलर छ ।