रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
बैंकहरुले शनिबारदेखि निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरुले ६ महिना पछि असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएका हुन् ।
यस बर्षको दशैंको शुभ साइत सार्वजनिक भएको छ । विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
नेपालले अब फाइनलमा बंगलादेशसँग खेल्नेछ । सेमिफाइनलमा भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरेको थियो । नेपाल पाँचौंपटक फाइनलमा पुगेको हो । फाइनल खेल सोमबार हुनेछ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । निर्वाचन आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कुल मतदाता संख्या सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने जनाएको छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान १७४ पेजमा तयार भएको छ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले पाँच दिनसम्म लिएको ४३ प्रश्नको जफाव समितिले १७४ पेजमा तयार पारेको हो ।
नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छान्ने ४ वटा मापदण्ड तय गरेको छ । विशेषगरी समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)का कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चाँडो भन्दा चाँडो नागरिकता विधेयक प्रमाणीकरण गरेर १८ बर्षदेखि नागरिकताको प्रतिक्षारहेका गैरआवसीय नेपालीहरुको सपना पूरा गरिदिन आग्रह गरेका छन् ।