रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई संयोजक पदबाट निष्कासन गरेको छ ।अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई संयोजकबाट हटाएको जारी विज्ञप्तिमा उल्लेख छ ।"
पोलेसी डिपाचर गरिसकेपछि कार्यान्वन गरेर मात्र होइन त्यसको मेकानिजम कस्तो छ हेर्नुपर्छ । हाम्रो काम गर्ने संयन्त्र छैन । नेपालमा काम गर्ने संयन्त्र कस्तो छ म त देख्दिन । कर्मचारीतन्त्र र राजनीतिक, प्रशासनिक क्षेत्रको काम गर्ने संयन्त्र छैन तर श्रीलंकामा चाहीं त्यो छ । हामी श्रीलंकाका मन्त्री वा सरकारी प्रतिनिधिहरुसँग निरन्तर संवाद गरिरहेका छौं ।
संघीय सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीले सफ्टवेयर चलाउन नजानेर सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा विवरण प्रविष्ट नगरेको भन्ने भनाईको खण्डन गरेका छन् ।
सत्तारुढ दलको नेतृत्वमा रहेको पार्टी नेपाली कांग्रेसभित्र अन्तरकलह बढ्दो छ । सभापति शेरबहादुर देउवा एकलौटी ढंगबाट अघि बढेको आरोप लगाउँदै आएको इतर समूह गोप्य भेलाहरुमा व्यस्त छ । इतर समूहका नेता डा.शेखर कोइराला देउवाप्रति निरन्तर असन्तोष ब्यक्त गरिरहेका छन् ।
नेपालले अमेरिकालाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आवद्ध नहुने आधिकारिक निर्णय पठाएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा आवद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी गराएका हुन् ।"
हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ७१ करोड ७९ लाखको बजेट प्रस्तुत गरेको छ ।
सरकारका केही मन्त्रीहरु हेरफेर भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका चार मन्त्रीलाई हेरफेर गर्न सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।
मन्त्रीहरु हेरफेरको विषयलाई लिएर नेकपा (एकीकृत समाजवादी)भित्र विवाद भएको छ । केही नेताहरुले विद्रोहको धम्की पनि दिएका छन् ।