रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
गायिका सराना श्रेष्ठको स्वरमा नयाँ गीत ‘मिठो बोली’ सार्वजनिक भएको छ । आइतवार सार्वजनिक भएको गीतमा दीपक शर्माको शब्द र संगीत तथा राजेन्द्र बजगाईंको एरेञ्ज छ ।
अन्तर्राष्ट्रिय चेन सलुन ‘हेयर एण्ड शान्ति युनिसेक्स सलुन’को २७औं शाखा काठमाडौंको दरवारमार्ग स्थित दरवार मलको पहिलो तल्लामा शुरु भएको छ ।
अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले राजनीतिक माहोल तताएको छ । २८ फेब्रुअरीसम्म नेपालको संसदबाट पास नभए फिर्ता लाने अमेरिकी भनाइपछि शीर्ष नेताहरुले भेटघाटलाई बाक्लो बनाएका छन् ।
नेपाली कांग्रेसले भ्रातृ एवम शुभेच्छुक संस्थाहरुको अधिवेशन गर्ने विषयमा छलफल अघि बढाएको छ । उक्त विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक माघ २७ गते पार्टी कार्यालय सानेपामा बस्ने जनाइएको छ ।"
नेपाली समाजमा मनिषीका रुपमा प्रतिष्ठित डा. देवेन्द्रराज पाण्डेको लामो अनुभव छ नेपालको अर्थ–राजनीतिमा । उहाँ अर्थशास्त्री र अर्थविदभन्दा बढी नेपाली जनताको सर्वोपरि हितमा निरन्तर सक्रिय ब्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।""
देशका विभिन्न स्थानमा हिमपात भएको छ । हाल देशमा सक्रिय पश्चिमी न्युन चापीय प्रणालीका कारण देशभरी नै आशिंकदेखि पूर्ण बदलीसँगै कतिपय ठाउँमा वर्षा पनि भइरहेको छ । शनिबार पनि देशभर नै बदली एवं वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताएका छन् ।
गत जुलाई ३० मा भएको गैर आवसीय नेपाली संघ(एनआरएन)जापानको चुनावमा केन्द्रीय सचिवालयस्थित एमआइएस प्रणालीको चरम दुरुपयोग गरी धांधली गर्नेहरु विरुद्ध नेपाल प्रहरीको साइबर क्राईम ब्युरोले अनुसन्धान तीव्र पारेको छ।"
नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबार गर्नेलाई निगरानी बढाएको छ । डिजिटल प्रविधिको प्रयोगमार्फत राजस्व चुहावटका घटनाहरू बढ्न थालेपछि राष्ट्र बैंकले ठूला कारोबारीहरुको सम्पत्ति विवरण माग गरेको हो ।