रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
युरोपमा बैदेशिक रोजगारीमा लैजाने भन्दै झापाका एक युवाले इलाम र झापाका युवाहरूलाई ठगेको भन्दै पीडितहरूले गुनासो गरेका छन् ।झापाको सुरूङ्गा–५ स्थायी ठेगाना भएको बताउने प्रदिप पैड्यालले युवाहरूलाई विदेश पठाउने भन्दै ३ लाख ५० हजार देखि १ लाख ५० हजार सम्म उठाएर तीन बर्षदेखि सम्पर्क बाहिर रहेको उनीहरूको गुनासो छ ।
नेपाल चेम्बर अफ कमर्सले बेलायतसंग व्यापार सहजीकरण तथा निर्यात प्रर्वद्धनका लागि भूमिका निभाउन नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ । बेलायतसंग नेपालको कुटनीतिक सम्वन्ध दुई सय वर्षभन्दा वढी भएपनि आर्थिक र व्यवसायिक सम्वन्ध फस्टाउन नसकेको भन्दै सहजीकरणका लागि कुटनीतिक पहल गरीदिन चेम्बरले आग्रह गरेको हो ।
कोरोना भाइरसको महामारीले विश्वको अर्थतन्त्र नराम्ररी प्रभावित भइरहेका बेला नेपालमा अर्थतन्त्र उकास्ने विषयमा बहस चलिरहेको छ । कोभिडबाट विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, रेष्टुरेन्टलगायतका क्षेत्र सबैभन्दा धेरै प्रभावित छ । सरकारले ल्याएको प्रतिस्थापन बजेट र नीति तथा कार्यक्रममा निजी व्यवसाय र पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि कार्यक्रमहरु ल्याए पनि कार्यान्वयन सुस्त हुँदा व्यवसायीहरुमा निराशा छन् ।
निर्वाचन आयोगले २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीहरुबीच भएको छलफलमा आयोगका पदाधिकारीहरुले जेठ ४ गते निर्वाचन गर्न परामर्श दिएका हुन् ।
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले एमसीसी नेपाल सम्झौतासम्बन्धी कुनैपनि ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेज नरहेको प्रष्टाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा तरलता प्रमुख चुनौतीको विषय बनिरहेको बेला सहकारी संस्थामा तरलता व्यवस्थापनमा गम्भीर बन्नुपर्ने अवस्था आएको सहकारी अभियन्ताहरुले बताएका छन् । बैंकहरुमा जस्तै सहकारीमा पनि तरलता अभाव हुन नदिन सोही अनुसारको कदम चाल्नुपर्ने आवश्यक्ता देखिएको हो ।
नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकले आगामी वैशाखभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नका लागि सम्पूर्ण शक्तिका साथ सरकारलाई दवाव दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसविरुद्धको खोपको विवरण २१ माघभित्र बुझाइसक्न निर्देशन दिएको छ ।