रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सर्वप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘तिम्ले बोल्ने बोली’ बोलको नयाँ गीत ‘भ्यालेनटाइन डे’ को छेको पारेर सार्वजनिक भएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला ुआकाशु को शब्द रचना रहेको छ । प्रेमभाव बोल्ने गीतको भिडियोमा आकाश श्रेष्ठ र खुश्बु खड्काले अभिनय गरेका छन् ।
नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङको कारोबार गर्नेको सूचना दिन प्रहरीले आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले गैरकानुनी कारोबारमाथि निगरानी भइरहेको भन्दै सर्वसाधारणलाई यस्तो अनुरोध गरेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)परित्याग गरी दुई अघि नयाँ पार्टी खोल्ने अभिव्यक्ति दिएका कमल थापाले आइतबार ‘राप्रपा नेपाल’ को अध्यक्ष बनेका छन् । निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उनी नयाँ अध्यक्ष बनेका हुन् ।
नेपाली राजनीतिले एकाएक नयाँ मोड लिएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनका तीन दल माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानसत्तारुढ पाँच दलीय गठबन्धनका तीन दल माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । प्रधानन्यायाधीशमाथि महाअभियोगबारे मौन देखिएका दलहरु ‘नाटकीय निर्णय’ गर्दै प्रस्ताव दर्ता गराएका हुन ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एमसीसीको सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएको छ । बिहीबार अर्थमन्त्रालयमा चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका हुन् ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्ष र विपक्षमा चर्चा चलिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसले उक्त परियोजना संसदद्बारा पारित गर्ने निर्णय गरेको छ ।