रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसी संसदमा टेवल गर्न दिने संकेत गरेको छ । शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सविरुद्ध शानदार जित निकालेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारेको विवादप्रति अमेरिका र चीनले चासो देखाएका छन् । अमेरिकी राजदूत र चिनियाँ प्रवक्ताले नेपालमा भइरहेको विवाद साथै सडक प्रदर्शनबारे प्रतिक्रिया समेत जनाएका छन् ।
आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा शुक्रबार भएको समूह चरणको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराएको हो ।
निर्वाचन आयोगले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न तयारी गरिरहेको जनाएको छ । निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको जनाएको छ ।
अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता पारित गर्ने वा नगर्ने भन्ने विषयले नेपाली राजनीति तरगिंत भएको छ । बुधबार संघीय संसदको प्रतिनिधि सभा बैठकमा उक्त सम्झौता पारित गर्नका लागि टेबुल गर्ने भनिए पनि शीर्ष राजनीतिक दलमा सहमति नभएपछि टेबुल हुन पाएन ।
आफू मन्त्री हुँदा ‘घुस खाएर धन आर्जन गरेको, मातृभूमिको भारा नतिरेको र आफु समाजमा प्रतिष्ठित हुँ’ भनेर हिँडेकोमा सरकारले दण्डित गर्नुपर्ने भन्दै पुर्वमन्त्री हरि पाण्डे मिडियामा आएका छन् ।