रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्ने विषय अध्ययन गर्न कार्यदल गठन गरेको छ। बुधबार निर्वाचन आयोगले नेपाल सरकारका उच्चपदस्थ प्राविधिकसँग छलफल गरेर कार्यदल बनाएको हो।
सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ । अर्थ मन्त्रालयले निर्माणाधिन काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजनाको प्रसंगमा यस्तो प्रतिबद्धता जनाएको हो । आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित् गर्न माग गरिरहेका बेला मन्त्रालयले प्रतिबद्धता जनाएको हो ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँव्लकमा रहेका भूमि विहिनहरुलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफू अगाडी बढिरहेको बताएकी छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् ।
पद्म ज्योति प्रतिष्ठित ज्योति घरानाको नेतृत्व तहमा छन् । आफ्ना पिता मणिहर्ष ज्योतिको मार्गदर्शन अनुसार उनी निरन्तर व्यापार व्यवसायमा छन् । ज्योति ग्रुपका अध्यक्ष समेत रहेका उनी व्यवसायमा नैतिक मूल्य र मान्यताका पक्षधर हुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाको ३१ बर्ष लामो यात्रालाई पूर्णविराम लगाएका छन् । उनले मंगलबार पार्टीबाट अलग भएको घोषणा गरेसँगै राप्रपासँगको यात्रालाई विट मारेका हुन् । पार्टी छाडेको घोषणासँगै उनले नयाँ पार्टी खोल्दैछन् ।
सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको सञ्चासञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सोमबारदेखि काठमाडौं उपत्यकाका सवारी साधनमा लागू गरिएको जोर–विजोर प्रणाली हट्ने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको हो ।