रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुदुरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ सहयोग गरेको छ । संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडमार्फत कैलाली रेडक्रसका अध्यक्ष उत्तम जोशीलाई सो बस धनगढीमा आयोजित एक कार्यत्रमकाबीच सोमवार हस्तान्तरण गरेका हुन् ।"
प्रदेश २ को नाम मधेश प्रदेश कायम भएको छ । प्रदेशको नामाकरणसम्बन्धी प्रस्तावमा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । जसको पक्षमा ८० मत खसेको थियो । यो प्रदेशभसा बैठकको दुई तिहाई बहुमतभन्दा बढी हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको तथ्यमा सरकार स्पष्ट रहेको बताएका छन् । आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भुभाग रहेको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताएका हुन् ।
भक्तपुरका मानन्धर समुदायले लोप हुने स्थितिमा पुगेको स्थानीय उत्पादन तोरीको तेललाई ब्राण्ड बनाउनको लागि छलफल गरेका छन् । भक्तपुर चेम्बर अफ कमर्सले प्रबर्द्धन गर्ने भएपछि करिव हराइसकेको परम्परागत पेशालाई पुनर्उत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोरोना रोकथामका लागि ध्यानाकर्षण पत्र बुझाएको छ । शनिबार एमालेले आफू नेतृत्वको सरकारले कोरोना नियन्त्रणमा गरेका कामहरु स्मरण गराउँदै देउवा सरकारले गर्नुपर्ने कामबारे ध्यानाकर्षण गराएको हो ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट उम्मेदवार छान्न निकै सकस भयो । जसको फलस्वरुप सभापतिको दौडमा रहेका रामचन्द्र पौडेल आफ्नै समूहका डा.शेखर कोइराला र प्रकाशमान सिंहलाई सहमतिमा ल्याउन नसक्दा सभापतिको रेसबाट बाहिरिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । कीर्तिपुर अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री खतिवडाले आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् ।
नारायणहिटी दरबार संग्रहालय परिसरमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण शुरु गरेपछि विवादमा मुछिएको बतास अर्गनाइजेसनले घटनाबारे आफ्नो प्रतिक्रिया विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।"