रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीहरूले प्रदर्शन जारी राखेका छन् । राजीनामा नआएसम्म उनीहरुले मैदान नछाड्ने अडान पनि लिएका छन् ।
प्राध्यापक डाक्टर विश्वम्भर प्याकुर्याल नेपालका एक प्रभावशाली अर्थशास्त्री हुन् । नेपालको अर्थतन्त्रमाथि विभिन्न नीतिगत तथा अनुसन्धानमुलक कार्यमा संलग्न डा.प्याकुर्याल अर्थशास्त्रीहरुको संगठन नेपाल आर्थिक संघको अध्यक्ष समेत हुन् ।""""
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् । मङ्गलवार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई सो आग्रह गरेका हुन् ।
कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढ्न थालेपछि देशभरका जिल्ला प्रशासन कार्यालयहरुले थप सजकता अपनाउन थालेका छन् । यता, काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले संसारभर बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैं लाभान्वित हुन आग्रह गरेका छन्।
एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुद्ध खनिएका छन । सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको उनले आरोप समेत लगाएका छन् ।
चीनको बेल्ड एन्ड रोड इनिसिएटिभ ‘बीआरआइ’ हेर्दा आकर्षक देखिए पनि यसले कैयौं देशलाई ऋणको पासोमा पारेको छ । चीनले एउटा अनुदान दिंदा एकतिस वटा ऋण दिने गरेको छ जुन विपन्न तथा विकासोन्मुख देशका लागि अन्त्यमा पासो साबित हुँदै गएको छ । यदि विकसित देशमा झैं पारदर्शिता हुने हो भने ऋणबाट धेरै काम गर्न सकिन्छ ।
कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढेपछि सरकारले नयाँ कदम चालेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।