रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नभएका सात जना मन्त्रीलाई नियुक्ती दिएपछि पदमुक्तको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औं स्मृति दिवस मनाइँदैछ । यस अवसरमा नेकपा एमालेका नेताहरुले मदन-आश्रितको स्मरण गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीलै जुनसुकै उपाय अपनाएर भए पनि नागरिकको ज्यान जोगाउन मातहतका मन्त्री, निकाय र अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
नेकपा एमालेले पार्टी भित्रको विवाद समाधानका लागि कार्यदल बनाएको छ । अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल बीच आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको ‘वान टु वान’ वार्तापछि विवाद समाधानका लागि कार्यदल बनाइएको हो ।"
नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवम सांसद डा.डिला संग्रौलाले निषेधाज्ञाका कारण न्यूनआय भएका सर्वसाधारणको जीवन रक्षाका लागि कार्ययोजना ल्याउन माग गरेकी छन् ।
कोभिड महामारीका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथसँगै नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् ।"
प्रधानमन्त्री केपी ओलीले देशमा अस्थिरता चाहनेहरुले भ्रम फैलाइरहेको आरोप लगाएका छन् । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीको पदबहालीपछि सञ्चारकर्मीहरुसँग उनले सरकार बनाउन नसक्नेहरुले अरूको सरकारलाई प्रतिगमन देख्ने ? भन्दै रोष प्रकट गरे ।