रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसका नेता एवम पूर्वस्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य मन्त्रालयको सिफारिस बिना कुनै पनि सामुदायिक तथा निजी अस्पताललाई ग्यास सिलिण्डर भरी बिक्री नगर्न दिएको निर्देशनलाई ‘बेतुक’ र ‘हचुवा’को निर्णय भनेका छन् ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । त्यस्तै अन्य दललाई पनि विश्वासको प्रस्तावको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको छ ।"
बैशाख २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्नुअघि गरिएको कोरोना परिक्षणमा १ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको बताएका छन् ।"
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा आफू सहभागी नहुने घोषणा गरेका छन् ।
नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवाले कोरोना खोप र औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको जनाएका छन् ।"
सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल, डा.खिमलाल देवकोटा र कृष्णबहादुर तामाङले राष्ट्रियसभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालय, हेटौंडामा उम्मेदवारीपत्र मनोनयन दर्ता गराएका हुन् ।