रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले ल्याएका विधेयकलाई संसदले समयमै पास गर्नुपर्ने बताएका छन् ।
नेकपाको प्रचण्ड–नेपाल समूहद्वारा संघीय संसद सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जानकारी गराएको छ ।
नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाइरहेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक टेलभिजनलाई दिएको अन्तरवार्ताबारे चर्चा भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को विषयमा निर्वाचन आयोगले निर्णय गर्न ढिलाइ गरेपछि आयोगका पूर्वप्रमुख आयुक्तहरुले चाँडै उपयुक्त निर्णय लिन दबाब दिएका छन् ।"
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकार नेतृत्वको जिम्मेवारी काँधमा आए नहट्ने बताएका छन् ।
बुधबार अपरान्हबाट शुरु भएको नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले सुवास नेम्वाङलाई दलको उपनेताबाट निलम्बन गर्ने निर्णय गरेको छ ।"
सरकार र विप्लव समूहबिच एकै दिनमा दुई पटक वार्ता भएको छ । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भएको थियो । पुनः बुधवार नै फेरि सरकारले सो समूहको वार्ता टोलीसँग दोस्रो चरणको वार्ता गरेको हो ।"