किशोर नेपाल - रुपान्तरण
 २०८३ बैशाख ६, आईतबार    

लेखक परिचय

किशोर नेपाल

किशोर नेपाल (सन् १९५२ - ) नेपालका वरिष्ठ पत्रकार हुन् । उनी साहित्यकारका रूपमा पनि परिचित छन् । उनको जन्म सन् १९५२ जुन ६ मा नुवाकोट जिल्लाको झिल्टुङमा भएको हो । उनले एम ए , नेपाली संस्कृति, इतिहास र मानवविज्ञान (त्रिभुवन विश्वविद्यालय) र पत्रकारिता तथा संचार (लेल्याण्ड स्टानफर्ड जुनियर युनिभर्सिटी, क्यालिफर्निया, संयुक्त राज्य अमेरिका) बिषयमा उच्च अध्ययन गरेका छन्।

सम्झनामा नाती जर्नेलसंगको वार्ता

- किशोर नेपाल   

‘नाती जर्नेल’ श्री ३ महाराजा चन्द्र शमशेर जंगबहादुर राणाका नाती पशुपति शमशेर जगबहादुर राणालाई दरवारियाहरु सांकेतिक हिसावले यही नामले बोलाउँथे । पछि तत्कालीन निर्दलीय पन्चायत ब्यबस्थाका कार्यकर्ताहरु पशुपति शमशेर जंगबहादुर राणालाई यही ‘खानदानी’ नामले चिन्दथे र सम्बोधन गर्दथे । भारदारहरुबाट संरक्षित नेपाली समाजमा त्यो समयमा पनि, र अहिलेको समयमा पनि, पशुपति शमशेर जंगबहादुर राणा नाती जर्नेलको नामले नै बढी परिचित हुनुहुन्छ । उहाँको ब्यक्तित्व अहिले पनि निकै आकर्षक छ । बिद्या र बुध्दिका हिसावले तीक्ष्ण ब्यक्तित्वका धनी पशुपति राणाको ब्यक्तित्वमा राजषी प्रवृत्ति रहनु आश्चर्यको कुरा होइन ।""

जनार्दन शर्मा प्रभाकरको ‘हरित बम’

- किशोर नेपाल   

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उप–महासचिव तथा प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीभित्र निश्चित समयमा फुटने ‘हरित बम’ प्रहारगर्नु भएपछि पार्टीकासर्वोच्च नेता अध्यक्षप्रचण्ड झस्किनु भएकोछ । बम प्रहारको सम्भावनाका बारे उहाँले सोच्नु पनि भएको थिएन होला । यो बमको प्रहारले प्रचण्ड नेतृत्वको कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जग भत्किन लागेको अहसासकसैलाई भयो भने त्यो अस्वाभाविक होइन । अहिले त प्रभाकरले पडकाएको ‘हरित बम’ हानी रहित थियो । अध्यक्ष प्रचण्डले सम्हाल्न सक्नु भएन भने माओवादी केन्द्र ‘विनाशक’ वमको प्रहारले साँच्चिनै पडकिन पनि सक्नेछ ।