रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक बसेको भोलिपल्ट दाहालले विश्वासको मत लिन लागेका हुन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरुलाई समयको सदुपयोग गरी उत्कृष्ट बनेर देखाउन सुझाव दिएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन ।
चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिसम्म नेपालको कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड बराबर देखिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण शून्य दशमलव २७ प्रतिशतले घटेको हो ।
नेकपा माओवादी केन्द्रका नेता एवं उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायण काजी श्रेष्ठले आफू पावर र पैसाका लागि नभइ काम गर्नका लागि पदमा आएको बताएका छन् ।"
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनु कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरू गरेको आयोगले जनाएको छ ।
चलचित्र विकास बोर्डले ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’को लागि बोर्ड र सुर्य कर्पोरेशनबीच सम्झौता भएको छ ।"