रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
गैर आवसीय नेपाली संघ(एनआरएनए)ले प्रतिनिधि तथा प्रदेशसभाका नव–निर्वाचित सांसदहरुलाई बधाई दिंदै आफ्ना मुद्दाहरुबारे जानकारी गराएको छ । कार्यकारी अध्यक्ष रविना थापा र अध्यक्षद्वय कुल आचार्य र डा.बद्री केसीले संयुक्त विज्ञप्तिमार्फत एनआरएनएका साझा मुद्दाका विषयमा भावी सरकार साथै संसदलाई जानकारी गराएका हुन् ।
‘बिकिनि किलर’ चार्ल्स शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइएको छ । १९ वर्षदेखि केन्द्रीय कारागारको गोलघरमा रहेका चार्ल्सलाई शुक्रबार अध्यागमन विभागको जिम्मा लगाइएको हो ।
कुख्यात अपराधी चार्ल्स सोभराज सुन्धारास्थित केन्द्रीय कारागारबाट छुट्दै छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी जेलमुक्त हुँदैछन् ।
भावी राष्ट्रपति र प्रधानमन्त्री को बन्ने भन्ने विषय पेचिलो बनिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले आगामी राष्ट्रपति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालमध्ये एक हुने बताएका छन् ।
मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा जितेका सांसदहरुले विहीबार सामूहिक शपथ ग्रहण गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा उपस्थित प्रतिनिधिले शपथ लिएका हुन् ।
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।
गैरआवासीय नेपाली संघकी अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गरि एक दशक भन्दा बढी समयदेखि संघले गरि आएको पहलले सार्थकता पाएको बताएकी छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टीको संसदीय दलको नेता बनेका छन् । लोकतान्त्रिक पद्धतिअनुसार परिवर्तनको नारा लिएर चुनावी मैदानमा उत्रिएका महामन्त्री गगनकुमार थापालाई ३९ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् ।