रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रमुख दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न आन्तरिक प्रतिस्पर्धाको तयारी भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पूर्वमहामन्त्री कुलबहादुर(केबी) गुरुङसँग भेट गरेका छन् । भेटमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछिको राजनीतिक अवस्थाका बारे छलफल भएको छ ।
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा आयोगको प्राङ्गणमा भब्य जलपान समारोहको आयोजना गरेको छ ।""
संसद पहिले कि प्रधानमन्त्री वा सरकार चयन पहिले भन्ने विषय पेचिलो बनेको छ । दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदहरुको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने तर्क गरेको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाईँ दिँदै सो निर्देशन दिएका हन् ।
सहकारी अभियन्ता कृष्णबहादुर उप्रेतीको संस्मरणात्मक आत्मकथा ‘केवी’ शुक्रवार लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई, बैंकका सल्लाहकारहरु केशव निरौला र राधा घले तथा बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएर प्रतिवेदन बुझाएसँगै नयाँ राष्ट्रपतिको दौडधुप शुरु भएको छ । पाँच दलीय गठबन्धनका नेताहरुबीच पावर शेयरिङका विषयमा छलफल चलिरहेका बेला भावी राष्ट्रपतिको नाम धमाधम सार्वजनिक भइरहेको छ ।