रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रतिनिधिसभामा ८९ सिट जितेर नेपाली कांग्रेस पहिलो पार्टाी बनेको छ । निर्वाचन आयोगले सम्पूर्ण परिणाम सार्वजनिक गरेसँगै कांग्रेसभित्र संसदीय दलको नेता छनोटको चटारो शुरु भएको छ । आकांक्षीहरुको दौडधुप बाक्लिएको छ ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न पाँच बुँदे माग अघि सारेको छ । शुक्रबार महासंघले सहकारी विभागलाई एक ज्ञापन पत्र बुझाउँदै नेपालको अर्थतन्त्रमा परेको असरका कारण सहकारी क्षेत्र पनि समस्या रहेकाले मागहरु सम्बोधन गर्न माग गरेको हो ।
एमालेले समानुपातिक सांसद छान्न तयारी थालेको छ । प्रत्यक्षतर्फ अपेक्षित सिट हासिल नग
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले फेरि न्यायलय तातेको छ ।महाअभियोगका विषयमा विभिन्न कोणबाट बहस भइरहेको छ । जबराविरुद्धको महाभियोग १० महिनापछि निष्क्रिय भएपछि उक्त विषयले नयाँ मोड लिएको छ ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त गर्दा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत पाएको छ ।
सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठुलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा (माओवादी केन्द्र) समान नौ/नौ स्थानमा विजयी भएका छन् ।"
मंगलबार बिहान ८ बजे सम्मको मत परिणाम अनुसार २८ लाख १४ हजार ६५५ मतका साथ एमाले शीर्ष स्थानमा छ । त्यस्तै २६ लाख ८८ हजार २१८ मतका साथ नेपाली कांग्रेस दोस्रो स्थानमा छ । एमाले र कांग्रेस बीच १ लाख २६ हजार ४३७ मतको अन्तर छ ।"
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेमाथि उजुरी रोकिएको छैन ।नागरिकताको विवादले उनी चौतर्फी घेराबन्दीमा परेका छन् । उक्त विषयमा निर्वाचन आयोगमा स्पष्टीकरण बुझाइसके पनि लामिछानेविरुद्ध अर्को उजुरी परेको छ । नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको हो ।