रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेर शेर बहादुर देउवा कुर्सीमा बसेको ५० दिन पुगेको छ । तर सरकार विस्तारमा भएको ढिलाइले सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिन थालेको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिले चार फुल मन्त्री र एक राज्यमन्त्रीकै भरमा सरकार सञ्चालन गर्दै आइरहेका छन् ।
सरकारद्वारा गठित दार्चुला घटना छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ। मंगलबार सरकारलाई प्रतिवेदन बुझाउँदै समितिले घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न सुझाव पनि दिएको छ ।
नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ । भेरोसेल, जोन्सन एण्ड जोन्सन, कोभिसिल्डलगायत खोप नेपालमा प्रयोग भइरहेको छ ।
२५ बर्षदेखि स्पोटब्वाइमा काम गर्दै आईरहेका राजु फुयाँलको प्रस्तुतिमा निर्माण भैरहेको चलचित्र “प्रेमगन्ज“ को एउटै गीतमा ३० लाख लगानी भएको छ । यो खर्च सुटिङको खर्च मात्र हो । अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख पर्ने सम्भावना छ । कलरको काम इन्डियामा हुने भएकोले यो गीतमा मात्रै ४० लाख लगानी पुग्ने सम्भावना देखिएको हो ।
संसद सचिवालयले नेकपा एमालेले कारबाहीको सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गरिरहनु नपर्ने जनाएको छ । एमालेले संसद सचिवालयमा पठाएको पत्रबारे जवाफ दिँदै नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेको अवस्थामा कारबाही गर्नुपर्ने अवस्था नरहेको सचिवालयले जनाएको छ ।
। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई हटाउने कुरामा सहमति जनाएकाहरुले नै खुट्टा कमाएर हिँडेको बताएका छन् ।
एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सरकारले माग पूरा नगरे सशक्त संघर्ष सुरु गर्ने चेतावनी दिएको छ । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज गरी एमसीसीको नेपाल संरचना ‘एमसीए नेपाल’ तत्काल विघटन गर्नुपर्ने अभियानको माग छ ।
क्रियाशीलत विवाद समाधानउन्मुख भएसँगै सत्तारुढ नेपाली कांग्रेस १४औं महाधिवेशनतर्फ केन्द्रीत भएको छ । सभापतिमा आकाक्षा देखाएका नेताहरुले आफ्नो सम्पर्क कार्यालय खोलेर महाधिवेशनमा होमिएका छन् । हालका उपसभापति तथा सभापतिका प्रत्यासी विमलेन्द्र निधीले पनि शुक्रबार सम्पर्क कार्यालय खोलेर प्रचार थालेका छन् ।