रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रतिनिधि विवादका कारण दशौं महाधिवेशन तथा निर्वाचन गराउन नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमाथि दबाब दिएर उच्चस्तरीय वार्ता समितिलाई असफल तुल्याउने खेल शुरु भएको छ।
एमसीसी खारेजको माग गर्दै विभिन्न राजनीतिक दलहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले लगायतका विभिन्न राजनितिक दलहरुले एमसीसी संसदबाट पारित नगर्न चेतावनी दिए ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट ३५ जना खुला केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको खुला केन्द्रिय सदस्यमा निर्वाचित भएका डा.शशांक कोइरालाले सबैभन्दा बढी ३ हजार ८ सय ३६ मत ल्याएका छन् ।"
पाँच दलीय गठबन्धनको सरकारलाई बहुप्रतिक्षित र वहुचर्चित एमसीसी परियोजना अनुमोदन गर्न सकस भएको । आइतबार बसेको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले अमेरिकी सहयोगसम्बन्धी सम्झौता (एमसीसी)बारे उत्पन्न शंसय स्पष्ट नभई संसदबाट अनुमोदन गर्न नसकिने बताएपछि सरकार थप अफ्ठयारोमा परेको छ ।
कोरोना भाइरस विस्तार कम हुँदै गएपछि नेपाल पर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि(पर्यटन दूत) नरबहादुर टण्डन(एनबी टन्डन)ले अमेरिका र क्यानाडाका शहरहरुमा नेपालको पर्यटन प्रवद्र्धनलाई तिब्रता दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको परिर्वतन र विकासका लागि राप्रपा पहिलो शक्तिका रुपमा उदय हुने दावी गरेका छन् ।
दशैं–तिहार योजना ‘होण्डाको साथ७’ को विजेताहरु घोषित, साबित्राले जितिन १५ लाख
काठमाडौं महानगरपालिकाले २७औं महानगर दिवसका अवसरमा व्यापारिक घराना ज्योति ग्रुपका संचालक सौरभ ज्योतीलाई उत्कृष्ट करदाता सम्मान प्रदान गरेको छ ।