रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
एमालेको दशौं महाधिवेशनमा नेताहरुले दलहरूबीच सद्भाव, छलफल र संविधान मार्फत हरेक समस्याको समाधान निकाल्न सकिने विषयमा एकै स्वर गरेकाछन् । सहभागी विभिन्न दलका शीर्ष नेताहरूले लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्नेमा पनि आवाज उठेको छ ।
नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो प्रतिबद्धता र योजना सार्वजनिक गरेका छन् । विहीबार एक समारोहबीच ‘वैचारिक रुपमा स्पष्ट कांग्रेस, गतिशील कांग्रेस, जनतासँग जोडिने कांग्रेस । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने कांग्रेस’ नारासहित आफ्नो प्रतिवद्धता र योजनाहरु सार्वजनिक गरेका हुन् ।
गैर आवासीय नेपाली संघ(एनआरएनए)को संरक्षक परिषदलाई संघको दशौं महाधिवेशन गर्न जिम्मा दिने परराष्ट्र मन्त्रालयको निर्णयलाई संघका केही सल्लाहकारहरु र पदाधिकारीलेले स्वागत गरेका छन्।
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी गरिएको छ । महाधिवेशनको उद्घाटन शुक्रबार नारायणी नदी किनारमा हुँदैछ । उद्घाटनका दिन ५ लाख कार्यकर्ता चितवन उतार्ने एमालेको दाबी छ ।
गैर आवासीय नेपाली संघ(एनआरएनए)को महाधिवेशन र चुनावबारे अन्यौल कायमै रहंदा परराष्ट्र मन्त्रालयले संघको विधान अनुसार संरक्षक परिषदलाई चुनाव गराउने जिम्मा दिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग राख्दै आन्दोलन चर्किएको तीन साता वित्यो । तर जबरा टस न मसको अवस्थामा छन् । उनी कुनै पनि हालतमा राजीनामा दिने पक्षमा छैनन् । बरु महाअभियोग सामना गर्ने पक्षमा छन् । तर पनि कानून व्यवसायीहरुको संस्था नेपाल बार एसोसिएनले संसदमा रहेका राजनीतिक दलका प्रतिनिधिहरुलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको ध्यान कसरी राजश्व बढी संकलन गर्ने भन्नेमा बढी केन्द्रित भएकाले कर प्रणाली व्यवस्थित र प्रभावकारी हुन नसकेको बताएका छन् ।
कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नाबारे महामन्त्री डा.शशांक कोइरालाले गरेको टिप्पणी गलत भएको बताएका छन् ।