रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सबैलाई अपिल गरेको हो ।
डेढ दशकअघि विश्वभरका प्रवासी नेपालीहरुलाई एकसुत्र बाँध्ने अभिप्रायका साथ स्थापना गरिएको गैर आवसीय नेपाली संघ(एनआरएनए)भित्र भाँडभैलो भएको छ । संस्थामा राजनीतिक र व्यक्तिगत इगोले विभाजित हुने अवस्थामा पुगेको छ ।
नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा जारी डडेल्धुरा जिल्लाका नेता कार्यकर्ताले जारी राखेको अनसन कांग्रेस उपसभापति विमलेन्द्र निधिको आग्रहपछि तोडिएको छ । एकलौटी ढंगबाट क्रियाशील सदस्यता वितरण गरी गराइएको जिल्ला अधिवेशन बदरको माग गर्दै गराएको अनसनमा बसेका नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्ल सहितका नेताहरुले अनसन स्थगित गरेका हुन् ।
नेकपा एमालेको जारी बन्दसत्रले विभिन्न १७ बुँदे प्रस्ताव पारित गरेको छ । पार्टीको बन्दसत्रमा नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले नवौँ महाधिवेशन पछिको पार्टी प्रवक्ताको हैसियतले पेश गरेको सो प्रस्तावलाई बन्दसत्रले ध्वनी मतले पारित गरेको हो । ज्ञवालीले घोषणापत्र समितिका तर्फबाट तयार भएको घोषणापत्र वाचन गरेर सुनाएका थिए ।
दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टले विश्वलाई आतंकित बनाउन थालेको छ । कोरोनाभाइरसको नयाँ प्रकार ओमिक्रोन भेरिअन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले दक्षिण अफ्रिका क्षेत्रबाट आउने हवाई यात्रुलाई अनिवार्य क्वारन्टीनमा राख्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा सुधार ल्याउन १० वटा सूत्र अघि सारेका छन् । पार्टी लोकतन्त्रमा चुनौती पैदा भएको भन्दै पौडेलले रूपान्तरणका लागि १० सूत्र अघि सारेका छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए)को इतिहासमै पहिलो पटक संघले सरकार विरुद्ध मुद्दा दायर गरेको छ। संघका कामचलाउ अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णय विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ। उक्त कार्यको संघका संस्थापक समेत पदाधिकारी र अभियन्ताहरुले कडा विरोध गरेका छन्।""