रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सत्तारुढ गठबन्धनका नेताहरु मन्त्रालय भागबन्डाको अन्तिम तयारीमा छन् । तर पावर शेयरिङको विषयले नेताहरु अलमलिएका छन् । त्यतिमात्र होइन गढबन्धनमै रहेका दलहरुले मन्त्रीहरुको नामावली टुंगोमा पुर्याउन नसक्दा मन्त्रिपरिषद्ले अन्तिम रुप पाएको छैन् । जसका कारण प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित बन्न थालेका छन् ।
बुधबार विहान सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा बैठक बस्यो । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा गठबन्धनबीच मिहिन रुपमा छलफल भयो । पावर शेयरिङका विषयमा दलहरु अन्तारिक छलफल गर्ने र दुई दिनभित्र मन्त्रिपरिषदलाई पूर्णता दिनेबारेमा राजी भए ।"
कानूनमा एउटा शब्दावलि हुन्छ, ‘एन्टिसिपेटरी बेल’ अर्थात, अग्रिम जमानत । कुनै अभियोग लागेको व्यक्तिले आफूलाई गिरफ्तारीबाट बचाउन अग्रिम जमानतको लागि अदालतमा निवेदन हाल्ने ब्यवस्था । त्यही अग्रिम जमानतका साथ विवेकशील साझा पार्टीका रबीन्द्र मिश्रजीले पत्र–पत्रिकामा आफ्नो अवधारणापत्र पेश गरेका छन् । ‘मैले यस्तो भन्दा केही मानिसहरुले मलाई यस्तो आरोप लगाउने छन् । उनीहरुले आरोप लगाउनु पूर्व यी कुराहरु थाहा पाउन’,आदि, इत्यादि ।"
माओवादी केन्द्रले कारवाही गर्दै हटाएका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ‘स्मार्ट एनआरएनए’ बनाउने भन्दै निकै तामझामका साथ शुरु गरिएको सदस्यता सूचना प्रणाली (मेम्बरशिप इन्फर्मेशन सिस्टम-एमआइएस) माथि नै गम्भीर आशंकाहरु उत्पन्न भएका छन्।"
नेपालमा कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ भाइरस भेटिएको पुष्टि भएको छ । ‘कप्पा’ भनिएको उक्त भाइरस बढी संक्रामक हुने र सबै उमेर समूहकालाई असर पार्न सक्ने बताइएको छ ।
सरकारले केही नयाँ निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.विश्वनाथ पौडेल नियुक्त गर्ने निर्णय गरेको छ । साथै, सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर गुरूङ चयन भएका छन् ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले १४औँ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७ सय ११ जना सदस्यलाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।