रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको १४औं महाधिवेशनमा कांग्रेस रूपान्तरणको लागि लागि प्रस्ताव ल्याउने भएका छन् । कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको दाबी गर्नेहरूको संख्या दिनदिनै थपिरहेका छन् ।
जनता समाजवादी पार्टी(जसपा)का दुबै समूह अब एक नहुने निचोडमा पुगेका छन् । मंगलबार दुवै समूह निर्वाचन आयोगमा पुगेर कानुन अनुसार नै विवादको छिनोफानो गर्न भनेका छन् । संभवत जसपा कानूनतः दुई चिरा हुने निश्चित बनेको छ ।
प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वको संवैधानिक इजलाशले रिट निवेदक र विपक्षी सरकारतर्फका कानुन व्यवसायी र एमिकस क्यूरी (अदालतका सहयोगी) समेतको तर्फबाट सुनुवाई सकाएको हो ।"
कोरोना संक्रमणमा परि कांग्रेस नेता तथा बरिष्ठ ट्रेड युनियनकर्मी रामजी कुँवरको निधन भएको छ । काठमाडौको टिचिङ अस्पतालमा निधन भएका कांग्रेस नेता कुँवरको निधनप्रति बरिष्ठ नेता रामचन्द्र पौडेलले श्रद्धान्जली ब्यक्त गरेका छन् ।
एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताएका छन् ।
काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ। काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाउँदै असार ३१ गतेसम्मका लागि निषेधाज्ञालाई जारी राखिएको छ ।
बाहिरी संसारबाट बिच्छिन्न भएर, एकोहोरिएर बसिरहँदा पुराना पुराना कुराहरु सम्झनामा आउन थाल्दो रै छ । कुनै अर्कै कालखण्ड थियो त्यो । म जोस्सिएर बसाइँ सर्दै न्यूयोर्क पुगेको थिएँ । र, दुइ हफ्तामैं उकुस मुकुस भएर झोला झ्याम्टा बोकेर फेरी गाउँ, विस्कनसिन, तिरै फर्केको सम्झना आयो एका बिहानै । त्यति बेला त खोइ के के भाथ्यो । अहिले सम्झिदा चाहिं हाँसो उठेर आयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोभिड महामारीबीच पनि विकासको काम अगाडि बढाइरहेको बताएका छन् । उनले अब दुई दिनमा कोभिड विरुद्धको खोप ल्याउन थालिने पनि बताए ।