रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाउँदै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले रिट दर्ता गराएका हुन्।"
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नियुक्त गरिएका पदाधिकारीलाई पदमुक्तको माग राख्दै प्रदर्शनमा उत्रिएका नागरिक अगुवाहरु सिंहदरबार अगाडीबाट पक्राउ परेका छन् ।
निर्वाचन आयोगले पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ । एमाले नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपदबाट जनधनको दीर्घकालिन सुरक्षा गर्नका लागि सुरक्षित स्थानमा एकिकृत वस्ती निर्माण गरिनुपर्ने बताएका छन् ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग एकता गर्दा क्रान्तिकारी हुने र आफूहरुले केपी ओलीलाई नेता मान्दा कसरी गैरक्रान्तिकारी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।"
इलामस्थित सूर्योदय नगरपालिकाले मधेश–पहाडको एकता र संस्कृतिलाई संरक्षण गर्ने नवीन प्रयास गरेको छ ।मैथिली भाषाका महाकवि विद्यापतिको सालिक पहाडी जिल्लामा पहिलो पटक निर्माण गरेर मधेश–पहाडको सम्बन्ध र भावनाको प्रतिनिधित्व गर्ने काम नगरपालिकाले गरेको छ ।
नेपाली कांग्रेसका नेता एवम पूर्वस्वास्थ्य मन्त्री गगन थापाले उच्च ओहदामा बसेकाहरूलाई विदेशमा उपचार गराउँदा राज्यकोषबाट उपचार खर्च दिने काम नरोकिएकोप्रति आपत्ति जनाएका छन् ।